
पोखरा । भारतमा थप ३ लाख ८२ हजार ६९१ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ६ लाख ५८ हजार २३४ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप ३ हजार ७८६ जनाको कोरोनाले ज्यान गएको छ ।
योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ६९ लाख ३८ हजार ४०० जना निको भएका छन् । गत २४ घण्टामा पनि ३ लाख ३७ हजार ६९७ जना निको भएका छन् ।
हाल भारतमा ३४ लाख ९३ हजार ६६५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्
