विश्वभर १५ करोड ४९ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १५ करोड ४९ लाख ६९ हजार २८५ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ७ लाख ७५ हजार ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा थप १३ हजार ६४८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३२ लाख ४० हजार ६२२ पुगेको छ ।

हाल विश्वभर १३ करोड ३१ लाख ६८ हजार ४२७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ८ लाख ७० हजार ९७९ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८५ लाख ६० हजार २३६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ६४ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३२ लाख ७४ हजार ६५९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५९ लाख ६६ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९२ हजार ४०९ पुगेको छ ।

हाल अमेरिकामा ६७ लाख १५ हजार ८६१ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ४५१ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: