
पोखरा । पोखरामा गोरु काटेको आरोपमा बुधबार एक वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१८ पिपलडाली बस्ने वर्ष ८४ को दिल बहादुर तामाङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
बुधबार बिहान ८ः३० बजेतिर उनलाई गोरुको टाउको, गोरुको मासु, मासु काट्न प्रयोग हुने हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
