
उरुग्वेले फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ।
दुई पटकको च्याम्पियन उरुग्वेले भेट्रान स्ट्राइकरद्वय लुइस सुआरेज र एडिन्सन काभानीलाई समेट्दै आक्रमक टिम बनाएकाे छ। अनुभवी खेलाडी सुआरेज र काभानी दुवै ३५ वर्षका भैसकै भने दुवै खेलाडी लगातार चाैथाे पटक विश्वकप खेल्ने तयारीमा छन्।
सन् २०१० मा सेमिफाइनलमा पुगेको उरुग्वेले याे पटक समूह एचमा पाेर्चुगल, दक्षिण काेरिया र घानासँग प्रतिस्पर्धा गर्नेछ।
कमेन्ट गर्नुहोस्
