यो निर्वाचन महत्वपूर्ण रहेको छ : सुनिता डंगोल

Share:

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छिन्। काठमाडौं- ९ को वडा २१ मा मतदान गर्दै उनले अहिलेको निर्वाचनमा सरकार निर्माणका लागि पनि महत्वपूर्ण भएको र देशलाई कुन दिशातर्फ लैजाने भन्ने निर्णय गर्ने भएकाले पनि सबैलाई मतदान गर्न आग्रह गरे।

‘मैले मेरो संविधानको प्रयोग गरेर मतदान गरेँ’, मतदानपछि प्रतिक्रिया दिदैँ उनले भने, ‘अरुलाई पनि कुनै डर, त्रास, धाकधम्की र लोभमा नपरी आफ्नो मताधिकार प्रयोग गर्नुहुन आग्रह गर्दछु।’

यो निर्वाचन महत्वपूर्ण रहेको भन्दै उनले भनिन्, ‘घरमा बसिरहनु भएको छ र मतदान गर्नुभएको छैन भने पनि मतदान गर्न आग्रह गर्दछु।’

कमेन्ट गर्नुहोस्
Share: