जातीय राज्यको सपना देखाएर कार्यकारी राष्ट्रपति बन्ने दाहालको दाउ : केसी

243
0
Share:

भक्तपुर, फाल्गुन १२ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातीय राज्यको सपना देखाएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी राष्ट्रपति बन्ने दाउमा लागेको आरोप लगाएका छन् ।

chitra-final-final-final

भक्तपुरमा मंगलबार आयोजित कार्यक्रममा केसीले केही जातिलाई राज्य दिने सपना बाँडेर कार्यकारी राष्ट्रपतिको शासकीय स्वरुप स्थापित गराउने दाउ एमाओवादीको भएको जिकिर गरे ।

जातीय राज्यको भर्‍याङबाट कार्यकारी राष्ट्रपति बन्ने दाउलाई सफल हुन नदिन सबै चनाखो भएर लाग्नुपर्नेमा उनले जोड दिए । संघीयता नत्यागे यसले ढिलोचाँडो नेपाललाई विघटन गर्ने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
Share: