
झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने बताए।
अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको ओलीले जिकिर गरे। मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको उनको टिप्पणी थियो।
कमेन्ट गर्नुहोस्
