झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

Share:

झापा :  झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी भएका हुन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी भए ।

झापा क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार छ सय ३७ मत खसेको थियो ।

झापा क्षेत्र नं ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा (२)मा नेकपा (एमाले)का छविलाल चुडाल प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

कमेन्ट गर्नुहोस्
Share: