स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी

Share:

स्याङ्जा : स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी भएका छन् । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गरेका हुन् ।

थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गरे । थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उनका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गरे । थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: