रविको चुनाव खर्च सार्वजनिक, कति गरे उनले खर्च?

127
0
Share:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका क्रममा आफूले ११ लाख ८१  हजार  ४ सय ७२ रुपैयाँ खर्च गरेको बताएका छन् । शनिवार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै लामिछानेले आफ्नो चुनावी खर्चबारे जानकारी दिएका हुन् ।

उनले आफ्नो विजयमा खुसियाली मनाउने कार्यक्रम सकिएको भन्दै आजैदेखि काममा लाग्ने बताएका छन् । आफू कार्यक्रमको उद्घाटन, आसनग्रहण  भाषणलगायतमा सहभागी नहुने तर एक जना प्रतिनिधि अनिवार्य  पठाउने उल्लेख गरेका छन् । 

‘मिडियामा अन्तर्वार्ता दिने र पार्टीका नीतिबारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ’, उनले लेखेका छन्, ‘प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्नु हुने छ ।’  तर ४\४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन आफैँ उपस्थित हुने उनले बताएका छन् उनले आफ्नो कार्यकालभर कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: