देउवा र दाहालबीच भेटवार्ता

129
0
Share:

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

 सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: