
काठमाडौं : उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।
परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गरेका हुन् ।
चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका खड्काले ३१ हजार २७० मत प्राप्त गरे । चौधरीले २८ हजार ८९१ मत पाइन् ।
गत २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्रमा उनीहरूप्रतिस्पर्धा भएको थियो । त्यतिवेला खड्का ३३ हजार १४२ मत ल्याएर विजयी भएका थिए । चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरकी थिइन् ।
यो निर्वाचनमा प्रतिनिधिसभातर्फ उदयपुर–१ मा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
कमेन्ट गर्नुहोस्
