‘आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको?’

126
0
Share:

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सीमामा नेपालीको ज्यान जाँदा नेपाल सरकारले देख्ने गरी कहिँ कतै काम नगरेको उनले बताएका छन् ।

भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै उनले यस्तो बताएका हुन् । उनले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन ।’

‘वर्षौंको यो निरिहताको कारण के होला? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको?’, उनले लेखेका छन् ।

महाकाली नदीको वहाउ नेपालतर्फ आउने गरी पक्की संरचना बनाएको विरोध जनाउने क्रममा भारततर्फबाट आएको ढुंगाले लागेर ४ जना नेपाली बालबालिका घाइते भएका थिए ।

विगतमा तुइन काटिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएको र सडक बनाउँदा विस्फोटबाट आएको ढुंगाले लागेर ९ वर्षका पवन महराको मृत्यु भएको उदाहरण दिँदै सभापति लामिछानेले यस्तो अवस्थामा पनि नेपालको सरकार कहिँ कतै नदेखिएको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: