गुजरात विधान सभा निर्वाचन :  प्रधानमन्त्री मोदीकी १०० वर्षीया आमा हीराबेनद्वारा गान्धीनगरबाट मतदान

Share:

प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गरेकी छिन् ।

सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गरेकी हुन् । साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उनको निवासमा भेटेका थिए । भेटमा लिएको एक तस्वीरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेको देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हीराबेनको १०० औं जन्मदिनको अवसरमा गत जुन १८ मा पनि छोटो भेट गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: