सुनको मूल्य चार सयले बढ्यो

Share:

काठमाडौं :  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला  ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  ९९ हजार सात सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० ले बढेर  एक हजार तीन सय ६० तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: