यस वर्ष हाइटीमा भएको हिंसामा एक हजार ४०० भन्दा बढीको मृत्यु

Share:

यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै एक हजारभन्दा बढीलाई अपहरण गरेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर तुर्कले दण्डहीनतालाई सम्बोधन गर्न ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक साहस र जिम्मेवारी’ प्रदर्शन गर्न आह्वान गरे ।

अमेरिकाको सबैभन्दा गरिब राष्ट्र हाइटीले गम्भीर राजनीतिक, आर्थिक, सुरक्षा र स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ जसले देशलाई कमजोर बनाएको छ र कानून र व्यवस्थालाई बिगारेको छ । जुलाई २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि गिरोहहरू शक्ति र क्षेत्रीय नियन्त्रणमा अघि बढेका कारण हाइटीको सङ्कटलाई थप बढाएको थियो ।

“यस वर्षको सुरुदेखि अहिलेसम्म एक हजार४४८ जनाको हत्या भएको छ, एक हजार १४५ जना घाइते भएका छन् र एक हजार पाँच जना अपहरणमा परेका छन् ”, उनले भने, “यो सङ्ख्या मात्र होइन, सम्पूर्ण पिडित परिवार र समुदाय हिंसाले तहसनहस बनेको छ ।”

गत अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार प्रमुखको जिम्मेवारी सम्हालेका तुर्कले गिरोहका सदस्यहरूले ‘डर पैदा गर्न र जनसङ्ख्यामाथि नियन्त्रण कायम गर्न यौन हिंसाको प्रयोग गरिरहेको’ आरोप लगाएका छन् । अक्टोबरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा गिरोहहरूले यौन हिंसालाई नागरिकहरूलाई ‘दण्डित गर्न, अधीनमा राख्न र पीडा दिन’ र सहयोगलाई बलजफ्ती गर्ने औजारको रूपमा प्रयोग गर्ने गरेको पाइएको थियो ।

यसमा १० वर्षभन्दा कम उमेरका केटाकेटी र वृद्ध महिलाहरूमाथि हुने सामूहिक बलात्कारको विस्तृत विवरण दिइएको छ । “यौन हिंसा एक अतिरिक्त कारक हो जुन जनसङ्ख्याको लागि धेरै डरलाग्दो छ र वास्तवमा यसको सामना गर्न आवश्यक छ,” तुर्कले भने ।

कमेन्ट गर्नुहोस्
Share: