टर्कीले काठमाडौंमा राजदूतावास स्थापना गर्ने

126
0
Share:

काठमाडौं : परराष्ट्रमन्त्री डा.नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच आज दिउँसो टेलिफोन वार्ता भएको छ । उनीहरूबीच भएको वार्तामा निकट भविष्यमा काठमाडौँमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सो अवसरमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: