सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

103
0
Share:

काठमाडौं : नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज फेला परेका हुन् ।

महतको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: