दक्षिण कोरियामा  कोरोना संक्रमित बढे

Share:

दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ८६ हजार आठ सय ५२ नयाँ कोभिड–१९ मा संक्रमण देखिएको छ ।

यसैसँग संक्रमितको कुल संख्या दुई करोड ७८ लाख ४१ हजार एक पुगेको स्वास्थ्य अधिकारीले मंगलबार जानकारी दिएका छन् ।

जाडोमा पुनरुत्थानको बारेमा बढ्दो चिन्ताको बीचमा सेप्टेम्बर १४ यता ९० दिनमा यो उच्चतम दैनिक केस देखा परेको थियो । 

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको २२ हजार ६६७ बाट तीव्ररूपमा बढेको थियो र एक हप्ताअघि ७७ हजार ५९० भन्दा बढी थियो ।

गत हप्ताको लागि, नयाँ केसको दैनिक औसत संख्या ६१ हजार ७५० थियो । नयाँ केसमध्ये, ५५ विदेशबाट आयातित गरिएको थियो ।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १८ कम भएर ४६० पुगेको छ । थप २९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ३१ हजार १२८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: