निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक हुने

108
0
Share:

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो। 

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन्। 

कमेन्ट गर्नुहोस्
Share: