
तनहुँ : जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटर मार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
सो गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडक खण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिए । सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उनले बताए ।
“सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उनले भने, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।”
कमेन्ट गर्नुहोस्
