
काठमाडौं : मंसिर महिना सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ ।
मंसिर महिना बिहेको सिजन भएर माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो । पुस लागेसँगै सुन घटेन थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
