
स्याङ्जा : वालिङमा पर्खालले थिच्दा एक मजदुरको मृत्यु भएको छ ।
शुक्रबार वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिच्दा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा चेपाङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उनको मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस्
