विश्वकप फाइनल आज, अर्जेन्टिना र फ्रान्स आमने सामने

Share:

काठमाडौं : फिफा विश्वकप–२०२२ को फाइनल खेल आइतबार हुँदैछ। राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन्। 

क्रोएसियालाई हराएर अर्जेन्टिना र मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो। दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।

फ्रान्स लगातार दोस्रो पटक विश्वकप च्याम्पियन बन्ने तयारीमा छ। अर्जेन्टिनालाई पराजित गर्न सके फ्रान्स ६० वर्षपछि लगातार विश्वकप उपाधि जित्ने पहिलो टोली बन्नेछ।

कमेन्ट गर्नुहोस्
Share: