उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

Share:

प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

प्योङयाङले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै बढेको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले उत्तर प्योङगान प्रान्तको तोङचाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेको पुष्टि गरेका हुन् ।

उनका अनुसार ती क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ११:१३ देखि अपराह्न १२:०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो । जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।”

जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाइमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: