सर्लाहीमा कठ्याङ्ग्रिएर दुई सातामा दुईजनाको मृत्यु

Share:

सर्लाही : हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई सातामा मुसहर समुदायका दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र  वडा नं. ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो ।  

ज्याला मजदुरी गर्ने पिडारीका रमेश मङ्सिर २४ गते मृत्य भएको हो । कान्छो छोरा १६ वर्षीय कृष्णनन्दनले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको ज्यान गएको बताए ।

रामभगतको पनि न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा चिसोले मृत्यु भएको हरिपुर नगरपालिका–९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए । 

कमेन्ट गर्नुहोस्
Share: