देउवासँग थापाले संसदीय दलको नेतामा भिड्ने

Share:

काठमाडौं :  नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन् । महामन्त्री थापाका पक्षमा नेता डा. शेखर कोइराला प्रस्तावक बन्ने सहमति भएको छ ।

नेता कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको हो । कोइरालाले थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताइएको छ ।

कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । दलको नेता चयनका लागि भोलि निर्वाचन हुने तालिका रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: