
पोखरा १९, फागुन / पोखरामा पहिलो पटक संचालन भएको प्याराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कपलाई मौसमले चौथो दिन आधा दिनजसो मात्र साथ दिएको छ । प्याराग्लाईडीङ खेलको प्रतिष्प्रर्धाको लगातार तीन दिन पुर्ण रुपमा खराब मौसमका कारण स्थगीत भएकोमा चौथो दिनमा भने आधा दिन मात्र टास्क सफल हुन सकेको छ । टास्क कमिटिले विहानको आकास हेरी चौथो दिनमा ७० किलोमिटर दुरीको क्रसकन्ट्री सिमा निर्धारण गरे पछि विचमै खराब मौसम पानी पर्न थाले पछि ३० किलोमिटरको टास्क निर्धारण गरीएको टास्क कमिटिले जनाएको छ ।
तोरीपानी, माद्रेढुंगा, मेथलाङ लगायतको क्षेत्रको आकासमा दुरी निर्धारण गरीए पनि खेलको क्रममै एकाएक मौसममा परिवर्तन आएका कारणले गर्दा सवै प्रतियोगिहरुलाई रेडियो सेटमा प्रतिष्पर्धाको दुरी घटाएको जानकारी गराएर चौथो दिनको आधा जसो टास्क पुरा भएको नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले बताए । आधा दिनको टाक्स पुरा गर्न फागुन २२ गते पुनः उक्त खेल हुने भएको छ । जुन दुरीबाट प्रतियोगिहरुले टास्क घटाएर चौथो दिन अवतरण गरेका थिए अर्को दिनमा त्यस पछिको दुरी पार गर्ने भएका हुन ।
उक्त प्रतियोगिताको लागि प्याराग्लाईडीङ वल्ड कमिटिले प्रतियोगिताको लागि एक दिन थप गर्न अनुमति दिएको कारण फागुन २२ गतेसम्म टास्कको प्रतिष्प्रर्धा हुने भएको प्रि—वल्र्डकपका संयोजक एवं नाका उपाध्यक्ष सोवित बानियाँले बताए । चौथो दिनको आदा दिनजसो टास्क भए पनि सवै उडानहरु सफल भएको उनले बताए ।
शनिबार देखि पोखराको आकासमा बादल लागेर आकास खुल्न नसके पछि आयोजक तथा प्रतियोगिहरु निरास हुदै बसेका थिए भने मंगलबार बिहान आकास खुल्दै घाम लागे पछि उनीहरुको मुहारमा खुसि छाएको थियो । पोखरा क्षेत्रमा मंगलबार विहान केहि वेर पानी परेपनि दिउसो केहि वेर घाम लाग्यो भने दिउँसो करीब २ बजेदेखि पानी परेको थियो ।
सुक्रबार प्याराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कप अन्र्तगत अभ्यास खेल भएको थियो । प्याराग्लाईडीङ गर्नको लागि निलो आकास देखिने गरी खुलेको तथा घाम लागेको अबस्थामा उपयुक्त वातावरण भएको वानियाले जनाए । प्रतिष्प्रर्धाको आधारमा ६ दिनको खेल संचालन हुने भए पनि यस प्रतियोगितामा न्युनतम तीन दिनको पुरा टास्क लिनु पर्ने भएकोले कम्तीमा पनि तीन दिनको टास्क पुरा गर्नु पर्र्नेे नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले बताए ।
प्रतियोगितामा नेपाल सहित ३६ राष्ट्रका एक सय ५० प्याराग्लाईडीङका पाईलटहरु सहभागि हुदै गरेको बानियाँले बताए । प्रतियोगितामा एक जना नेपाली महिला सुनिता थापाले सहभागिता जनाएकी छन । प्रतियोगितामा १८ जना नेपाली पाईलट, तथा १६ जना विदेशी प्याराग्लाईडीङका पाईलटहरु सहभागि भएको नाका महासचिव वसन्तराज दवाडीले बताए ।
न्युज, तस्बिरः दिननाथ बराल
