साताभरि नै आंशिकदेखि सामान्य बदली

Share:

काठमाडौं :  आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै हिमाली भू–भागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा÷हिमपातको  समेत सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भू–भागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ । देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भू–भागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

कमेन्ट गर्नुहोस्
Share: