
काठमाडौं, फाल्गुन २२ । इस्लामिक विद्रोही समुह बोको हरामले नाईजेरियाको बोर्नो राज्यस्थित एउटा दुर्गम गाँउमा ६४ जनाको हत्या गरेको छ ।
उत्तरपुर्वी बोर्नो राज्यको एन्जाबा गाँउमा लडाकुहरुले छापा मारी कम्तिमा ६४ जनाको हत्या गरेको स्थानिय वासिन्दाले दावी गरेका छन् । अत्यन्तै दुर्गम उक्त गाँउमा गरिएको आक्रमणको खबर दुई दिन ढिलो मात्रै प्रशाशनले पाएको थियो ।
विशेषगरी गाँउका पुरुष तथा युवाहरुलाई निशाना बनाएका विद्रोहीले सबैको हत्यापछि घरहरुमा आगो लगाइदिएका थिए । बोर्नो राज्यको प्रान्तिय राजधानी माईदिगुरीबाट १ सय किलोमिटर टाढा रहेको उक्त गाँउ छिमेकी मुलुक क्यामरुन र चाडसँगको सिमा नजिक पर्दछ ।
कमेन्ट गर्नुहोस्
