दूधको मूल्य बढाउन किसानको माग

Share:

चितवन : जिल्लाका किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । 

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर १४ रुपैयाँ किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताए । दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उनले मूल्य नबढाएकिसान पलायन हुने अवस्था आउने दाबी गरे ।

कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको बताए । राज्यकै नीतिका कारण किसान दिनप्रतिदिन विदेश पलायन भइरहेको उनको भनाइ छ

कमेन्ट गर्नुहोस्
Share: