सन् २०२२ मा रूसी ग्यास निर्यात ४५.५ प्रतिशतले कमी

Share:

सन् २०२२ मा पूर्व सोभियत गणतन्त्रको समूहबाहिरका देशहरूमा रूसी ग्यास निर्यात ४५.५ प्रतिशतले घटेको ग्यास कम्पनी गजप्रोमको तथ्याङ्कले देखाएको छ । गजप्रोमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)’ भन्दा बाहिरको निर्यात सन् २०२१ मा १८५.१ अर्ब क्युबिक मिटर थियो ।

पहिले गजप्रोमको मुख्य निर्यात बजार युरोप थियो तर सन् २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि प्रतिबन्धका कारण आपूर्तिमा भारी कमी आएको छ ।

गजप्रोमका प्रमुख कार्यकारी अधिकृत एलेक्सी मिलरले कम्पनीले यस वर्ष चीनलाई निरन्तर आपूर्ति बढाइरहेको बताए । ‘जनवरी १ देखि हामी चीनमा आधारभूत रूपमा नयाँस्तरको ग्यास आपूर्तिमा छौँ,’ मिलरले विज्ञप्तिमा भने ।

कमेन्ट गर्नुहोस्
Share: