पोखरा महानगरपालिका-१३ मा सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

Share:

कास्की : पोखरा महानगरपालिका १३ ले वडामा रहेका सबै सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडामा रहेका ८ वटा सामुदायिक विद्यालयहरूलाई स्वास्थ्य सामाग्रीहरू वितरण गरेको वडा कार्यलयले जनाएको छ।

 विद्यालयमा विद्यार्थीहरूलाई चोटपटक लाग्दा सामान्य प्राथमीक उपचार गर्न स्वास्थ्य सामग्री वितरण गरिएको वडा अध्यक्ष किरण बरालले बताए ।

 विद्यालयमा सामान्य स्वास्थ्य सामाग्री पनि उपलब्ध नहुने भएकाले बालवालिकाको स्वास्थलाई मध्यनजर गरी स्वास्थ्य सामाग्रीहरू वितरण गरेको उनको भनाइ छ । अध्यक्ष बरालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा ध्यान दिएको बताए ।

 साथसाथै विद्यार्थीहरूको स्वास्थलाई ध्यानमा राख्दै काम गरिरहेको बताएका छन । स्वास्थ्य सामाग्री डिटोल, ह्यन्डी प्लास्टर र ब्यान्डेज कपडा वितरण गरिएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: