नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

Share:

काठमाडौं :  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलव शून्य नौ अंकले उकालो लागेर दुई हजार एक सय ४३ दशमलव ९३ मा पुगेको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५१ अंकले उकालो लागेर चार सय ११ दशमलव २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

कूल एक करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयर पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ मूल्यमा खरिद बिक्री भएका छन् । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ बराबर पुगेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ ।

सो कम्पनीको ४३ करोड १९ लाख ६६ हजार नौ सय ७४ बराबरको कारोबार भएको छ ।

यस्तै, रिडी पावर कम्पनी २१ करोड ४१ लाख आठ हजार चार सय ८७, हिमाल दोलखा हाइड्रोपावर ११ करोड ८४ लाख ७८ हजार छ सय ६५, एनआइसी एशिया बैंक ११ करोड ८४ लाख ४४ हजार तीन सय छ र नेपाल पुनर बीमा कम्पनी १० करोड दुई लाख ६३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

 नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

 जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन् । उकालो लागेको बजारमा सिटिजन म्युचुअल फण्ड तीन दशमलव शून्य तीन, मनकामना स्मार्ट लघुवित्त दुई दशमलव ८८, नारायणी डेभलपमेन्ट बैंक दुई दशमलव ८२, नेपाल एसबिआई बैंकको ऋणपत्र दुई दशमलव ७० र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले दुई दशमलव ४६ प्रतिशतले गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: