विमानस्थलबाट ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

Share:

मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोड भन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ ।

छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन् । हेरोइन कागजातको फोल्डर कभरमा लुकाइएको थियो भने कोकेन कपडाको बटनमा लगाइएको पाइएको छ ।

दुई छुट्टाछुट्टै घटनामा ३१.२९ करोड मूल्यको ४ दशमलव ४७ केजी हेरोइन र १५ अर्ब ९६ करोड मूल्यको १.५९६ केजी कोकिन बरामद गरिएको को ।

कमेन्ट गर्नुहोस्
Share: