बिग न्युज पोखरा, २८ फागुन / प्रविधिको विकाससँगै पछिल्लो समयमा नीजि विद्यालयहरुमा प्रोजेक्टर मार्फत शिक्षा प्रदान गर्ने चलन बढ्दो छ । यसरी समयानुसार दृश्यात्मक शिक्षा प्रदान गर्न सके पढाईको गुणस्तरीयता पनि बढ्ने सरोकारवालाको भनाई छ ।
मिदास एजुकेशन प्रालि, काठमाडौंले पोखरामा विहीबार दृश्य माध्यमबाट शिक्षणको महत्वबारे एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो । प्रालिका प्रमुख व्यवस्थापक राजु बानियाँले सहजीकरण गरेको कार्यक्रममा पोखरामा सञ्चालित ४६ विद्यालयका प्रिन्सिपल, शिक्षक तथा सञ्चालकहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई पढाइएका कुराहरुलाई दीर्घकालीन रुपमा स्मरण पनि रहने र दृश्य सामग्रीको प्रयोगले पढाइप्रति विद्यार्थीलाई आकर्षित पनि गर्ने कार्यक्रमको संयोजन गरेका प्रालिका पोखरा शाखा प्राविधिक प्रमुख महेन्द्र पौडेलको विश्वास छ ।
सैद्धान्तिक शिक्षामा मात्र विद्यार्थी रुमल्लिरहेका बेला यो प्रविधि उपयोगी हुनेमा सहभागीहरुले जोड दिएका छन् । दृश्य सामाग्री भएमा सबैकुरा देखेरै विद्यार्थीले बुझ्ने, पाठ्यक्रम पनि चाँडै अघि बढ्ने, विद्यार्थीहरुले प्रयोगात्मक रुपमा धेरै कुरा बुझ्ने पौडेलले बताए ।
