हिमपहिरोमा परी  तिब्बतमा २८ जनाको मृत्यु

Share:

चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ  ५-३० सम्पन्न भएको थियो ।

उक्त हिमपहिरो मङ्गलबार साँझ  ७-५० मा गएको थियो। हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने  यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।

यस क्षेत्रका सडक कच्ची रहेको तथा भू-धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: