विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति पोखरामा सामूहिक श्रद्धान्जली

Share:

कास्की : पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति सामूहिक श्रद्धान्जली गरिएको छ ।

पोखराको पृथ्वीचोकमा शुक्रबार बिहान ६ बजे दिप प्रज्वलन तथा श्रद्धान्जली कार्यक्रममा मृत आत्माका शान्तीका लागि सामूहिक शान्तीपाठ गरीएको हो ।

मृत आत्माको चिर शान्तीका लागि मैनबत्ती बालेर शान्तीपाठ गरिएको पातञ्जल योग समिति नेपाल पोखरा महानगरपालिकाका अध्यक्ष लिल बहादुर गुरुङले बताए ।

 कार्यक्रममा पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश अध्यक्ष रश्मी भण्डारीले मानव जीवन जन्मदैँ लिएर आएको सत्य मृत्यु भए पनि कतिपय मृत्यु स्वीकार गर्न गाह्रो हुने बताइन् ।

यस्ता खालका घटना पुन नहोस् भन्दै उनले सरकारलाई गम्भिर हुन आग्रह गरिन् ।

उक्त कार्यक्रममा आत्मदाह गर्ने प्रेम आचार्यप्रति पनि श्रद्धान्जली व्यक्त गरिएको थियो । कार्यक्रममा पातञ्जल योग समिति नेपालका कास्की जिल्ला अध्यक्ष सीता पौडेल, सचिव टोल प्रसाद अर्याल, योग प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: