‘पूजा साहको लासमाथि बार्गेनिङ भयो’ / चार दिनदेखी बिच सडकमा रहेको शव अझै उठेन

282
0
Share:

फाल्गुन ३०,वीरगन्ज / बलात्कारपछि ज्यान गुमाएकी बाराकी बालिका पूजा साहको शवमाथि केही राजनीतिक दल र गैरसरकारी संस्थाले राजनीति गरेको आरोप गृहसचिव सूर्यप्रसाद सिलवालले लगाएका छन्। लासलाई दाहसंस्कार गर्न नदिएर ‘बार्गेनिङ’ गर्न खोजिएको उनले बताए। पूजाको शव चार दिनदेखि कलैया भरतचोकको बीच सडकमा बरफमा राखिएको छ।

Puja_saha_Body_961061708गृहसचिव सिलवालले लास जलाउन तयार भएका बालिकाका बाबुआमालाई केही व्यक्ति र गैरसरकारी संस्थाले भड्काएको आरोप लगाउँदै भने, ‘२०-२५ लाख रुपैयाँ पाएमात्र लास जलाउने भनेर गरिएको बार्गेनिङ सरकारलाई मान्य हुन्न।’

सरकारले बलात्कृत बालिकाको उद्धार गरी हेलिकोप्टरबाट ल्याएर सरकारी खर्चमा सक्दो उपचार गरेको, दाहसंस्कारमा लाग्ने खर्च बेहोरेको, हत्यारा पक्राउ गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएका बेला लासलाई लिएर गलत नजिर स्थापना गर्न खोजिएको बताए।

जिल्लाबाट आउने सिफारिस केन्द्रमा छलफल गरेर अझ केकस्तो सहयोग गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर रहेको सिलवालले बताए।

बेटी बचाउ संघर्ष समितिले भने बलात्कारीलाई मृत्युदण्डको सजाय हुने व्यवस्था कानुनमा उल्लेख नभएसम्म शव सडकबाट नउठाउने अडान लिएको छ। शव राखिएको स्थानमा संघर्ष समितिका सदस्यहरू मंगलबारदेखि धर्नामा बसेका छन्। समितिले गत बुधबारदेखि बन्द गराएको कलैया बजार शुक्रबार पनि खुलेन। बजार तथा पसल चार दिनदेखि ठप्प छन्।

काठमाडौंको कान्तिबाल अस्पतालमा उपचारका क्रममा गत आइतबार मृत्यु भएपछि पूजाको शव गत मंगलबार गृहनगर कलैयामा ल्याइएको थियो। संघर्ष समितिले त्यही दिनदेखि कलैयाको भरतचोकमा शवसहित धर्ना दिइरहेको छ। समितिले गत बुधबार सातसूत्रीय मागसहितको ज्ञापनपत्र बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइसकेको छ।

बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बाराको जितपुर र सिमरामा शुक्रबार :याली निकालिएको छ। यस्तै कानुनमा बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले शुक्रबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई स्थानीय प्रशासन मार्फत ज्ञापनपत्र बुझाएको छ।

कमेन्ट गर्नुहोस्
Share: