
कास्की : पोखरामा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
यसको पुष्टी वडाध्यक्ष किरण बरालले गरेका छन् । युवकको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी पनि सोही आगोमा परेर घाइते भएकी उनले बताए ।
उनीहरूको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको बताइएको छ । युवाले आत्मदहको प्रयास किन गरे भन्ने विषयमा अनुसन्धान सुरु भएको कास्की प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
