लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

Share:

गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार बताएको छ ।   सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका रहेका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार एक सय ३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । १७ सत्र जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएका छन्, आईओएमले जनाएको छ ।

 सन् २०२२  मा, कुल २४ हजार छ सय ८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले खुलासा  गरेको छ । मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट ५सय २९ आप्रवासीको मृत्यु भएको छ भने ८ सय४८ जना बेपत्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: