विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने शिक्षक पक्राउ

Share:

केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ । उक्त फुटेजमा विद्यालयको पोसाकमा रहेका चार जना केटाहरूले विद्यालय परिसरको रूखमुनि यौन क्रियाकलापको नक्कल गरिरहेको देखाइएको छ । उक्त क्लिप (२९ सेकेन्ड लामो) को पृष्ठभूमिमा यी छ जना गफ गरिरहेको र एक नाङ्गा (शर्ट नलगाएका) बालकले आफ्नो अनुहारबाट आँसु पुछ्दै गर्दा हाँस्दै गरेको सुनिन्छ ।

राजधानी नैरोबीबाट करिब तीन सय किलोमिटर टाढापर्ने न्यामाचे भन्ने ग्रामीण सहरमा ‘विद्यालयका विद्यार्थीहरूलाई अशोभनीय कार्यको पर्दाफास गरेको’ भिडियो रेकर्ड गरिएको प्रहरीले जनाएको छ । एएफपीलाई प्राप्त एक रिपोर्टमा प्रहरीले पाँच महिला र एक पुरुष गरी छ जना शिक्षकलाई पक्राउ गरिएको र अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । यस घटनाले केन्याली सामाजिक सञ्जालमा आक्रोश पैदा गरेको छ र धेरैले रूढीवादी, इसाई राष्ट्रमा कारबाहीको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: