माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

Share:

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया सुशीला विक रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए । माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: