चैत ३ गते हुने नेपाल र भारतबीच फुटबल दिउँसो ३ बजेदेखि सुरु हुने ,१० हजार टिकटको व्यवस्था

Share:

१ चैत, काठमाण्डु / विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनौट अन्तर्गतको काठमाण्डुमा हुने खेल दिउँसो हुने भएको छ । आइतबार अखिल नेपाल फुटबल संघले पत्रकार सम्मेलन गरी चैत ३ गते हुने दोस्रो खेल दिउँसो साढे ३ बजेदेखि सुरु हुने जानकारी गराएको हो ।

यसअघि भारतमा भएको पहिलो खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो ।

पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको र १० हजार टिकट बिक्रीको तयारी भएको जनाइएको छ । जसअनुसार साधारण प्याराफिड तर्फ टिकटको मुल्य सात सय र भीआइपीको १५ सय रुपैयाँ तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: