पहिरोमा परी ३६ को मृत्यु

Share:

पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरूको ज्यान गएको हो ।

दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरू पुरिएको आशंका गरिएको बताइएको छ ।

सोमबार आएको पहिरोबाट सोमबार रातिसम्म ३६ जनाको ज्यान गएको बताइएको छ । नेसनल सिभिल डिफेन्सका अधिकारीहरूका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरूको शव राजमार्गमा भेटिएको थियो भने अरु कैयौँ व्यक्ति पुरिएको आशंकामा खोजी जारी राखिएको छ ।

यस प्रान्तमा गएको एक हप्तादेखि भारी मात्रामा वर्षा जारी रहेको छ । सो वर्षाका कारण यहाँका राजमार्गहरूमा पनि क्षति पुगेको छ । सो वर्षा र बाढीका कारण यहाँ पहिरो आएको र यस प्रान्तका कैयौँ क्षेत्रमा भारी वर्षाले हजारौँ मानिस प्रभावित भएका छन् ।

प्रभावित भएका व्यक्तिहरूको उद्धारका लागि यहाँको सरकारले सुरक्षा निकाय तथा कैयौँ उद्धारकर्मी खटाइएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: