विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा घोडासहित ३ जनाको मृत्यु

Share:

शनिबार बिहान भारतको मेरठको खरदोनी गाउँ नजिकै ट्रक र घोडबग्गी बीचको  जुँध्दा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा बग्गीमा सवार तीनजना सँगै घोडाको पनि मृत्यु भएको छ ।

ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको  बताइएको छ । दुर्घटनामा मृत्यु हुनेहरू किला परीक्षितगढमा बिहेमा सहभागी हुन गएका थिए ।  घर फर्कने क्रममा इन्चोली प्रहरी चौकी इलाका अन्तर्गतको खरदोनी गाउँ नजिक परालले भरिएको ट्रकसँग उक्त बग्गी ठोक्किएको  थियो ।

सूचना पाएलगत्तै गाउँपालिकाका प्रहरी उपरीक्षक अनिरुद्ध कुमार र इलाका प्रहरी अधिकृत आशिष शर्मा घटनास्थल पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: