बाघको छालासहित दुई जना पक्राउ

127
0
Share:

कैलाली : कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट बाघको छालासहित दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका–५ का सुवास बोहरा र सोही ठाउँका सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरूको साथबाट एक थान पुच्छरसम्मको तीन फिट लम्बाइ र पाँच इन्च चौडाइ भएको बाघको छाला बरामद गरी नियन्त्रणमा लिइएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: