सिलिण्डर विस्फोटमा परेका कांग्रेस नेता भण्डारी र उनकी आमा गम्भिर, विदेश लैजान सुझाव

127
0
Share:

काठमाडौं : ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भिर घाइते भएर अस्पताल भर्ना गरिएको छ । उनीहरूको थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले सुझाव दिएको छ ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमानेता भण्डारीको शरीरको २५–३० प्रतिशत र हरिकलाको करिब ७० प्रतिशत भाग जलेको छ ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा गएराति १० बजेतिर ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। लगत्तै उनीहरूलाई कीर्तिपुर अस्पतालमा लगी आइसीयूमा राखेर उपचार भइरहेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । बिहान कांग्रेस महामन्त्री गगन थापा, नेता प्रदीप पौडेललगायत नेता अस्पताल पुगेर भण्डारीलाई भेटेका थिए । 

कमेन्ट गर्नुहोस्
Share: