सुरज श्रेष्ठलाई ‘इन्जा’ फोटो पत्रकारिता पुरस्कार

Share:

कास्की : यस वर्षको ‘इन्जा’ फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार सुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ)लाई प्रदान गरिने भएको छ ।
अमेरिकाबाट संचालित नेपाली पत्रकारहरूको अन्तरास्ट्रिय संजाल ‘इन्जा’ले श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
५०० सय अमेरिकी डलर राशीसहित आउँदो फागुन १६ गते काठमाडौंमा एक कार्यक्रमका बीच उनलाई पुरस्कार हस्तान्तरण गरिने आयोजकले जनाएको छ । श्रेष्ठले लामो समयदेखी पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका छन् ।

२०६२ सालबाट पत्रकारितामा क्रियाशील श्रेष्ठले पोखरा सिटीडटकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिताको आरम्भ गरेका थिए । उनी कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा आबद्द थिए । उनले हाल आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम सञ्चालन गरिरहेका छन् ।

फोटो पत्रकारितासँगसँगै उनले म्युजिक भिडियो, विज्ञापन,डकुुमेन्ट्री र प्रोमो निर्माण गर्दै आएका छन् । फोटो पत्रकारको छवि बनाएका श्रेष्ठ गायक पनि हुन् । उनको ‘अन्जान मायालुु’ गीति एल्बममा रहेको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीत आमदर्शकको रोजाइमा पर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: