
मध्य एसियाको पहाडी मुलुक ताजकिस्तानमा गएको हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ । यही फागुन ३ देखि ७ गतेसम्म २०० स्थानमा हिमपहिरो गएको जनाउँदै सरकारी अधिकारीहरूले पाँच दिनको अवधिमा मृतकको सङ्ख्या १९ पुगेको जनाएका हुन् । हिमपहिरोका कारण आपत्कालीन सेवासमेत बन्द भएका छन् ।
बेला बेलामा मध्य एसियाली मुलुक ताजिकिस्तान प्राकृतिक प्रकोपको चपेटामा परिरहन्छ । पूर्वसोभियत सङ्घबाट छुट्टिएका राज्यमध्ये ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र हो । उक्त देशमा सात हजार मिटरभन्दा माथिका हिमशिखर छन् । पञ्चानब्बे लाख जनसङ्ख्या रहेको ताजकिस्तान अफगानिस्तान, चीन र किर्गिस्तानले घेरिएका छन् ।
कमेन्ट गर्नुहोस्
